इटहरी । सुनसरीमा अहिले सम्म १२ जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अनुसार दोश्रो लहरसंगै उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
महासंघका सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाबाट उत्पन्न जटिल परिस्थितिको प्रत्यक्ष मारमा श्रमजीवी पत्रकार पनि परेको उल्लेख छ ।
यो कठिन परिस्थितिमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले पत्रकारको स्वास्थ्य सुरक्षा र पेसागत सुरक्षामा टोली बनाएर काम गरिरहेको र आइसोलेसनको व्यवस्थामा समेत जुटिरहेको जानकारी गराएको छ । 

















