इटहरी । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको हो ।
यो नयाँ भेरियन्टसहित नेपालमा अहिलेसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
सहप्रवक्ता अधिकारीका अनुसार गत हप्ता देशका विभिन्न भागबाट संकलिन संक्रमितका ३५ वटा नमूनाहरुलाई विश्वास स्वास्थ्य संगठनको समन्वयमा जिन क्क्विन्सिग गर्दा मंगलबार नजिता प्राप्त भएको हो । नतिजा अनुसार ९७ प्रशितमा (३४) वटा नयाँ भेरियन्ट बी डट १ डट ६१७ डट २ र तीन प्रतिशतमा बी डट १ डट ६१७ डट १ पुष्टि भएको छ ।
नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक रहेको पुष्टि विभिन्न अनुसन्धानबाट भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा तीन किमिसमा भेटियन्ट भेटिएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न र गराउन सबैलाई अपीलसमेत गरेको छ ।

















