इटहरी । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो ।


















