इटहरी । प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ ।
विहबारमात्र यो प्रदेशमा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् ।

















