इटहरी । इटहरीमा निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । कोरोना भाइरसको संक्रमण नरोकिएको भन्दै निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय उपमहानगरपालिकाले गरेको हो ।
नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले भोली(बुधबारदेखि) देखि औसधि पसल बाहेक अन्य सबै पसल व्यवसाय र आवतजावत पूर्णरुपमा बन्द गराइने निर्णय गरेको छ ।
साथै विहान १० बजेसम्म फलफुल र दुध डेरि खुल्ने छन् । नगरवासीलाई उपमहाँनगरपालिकाले जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पुनः अनुरोध पनि गरेको छ । 


















