धनकुटा । धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागेर ज्यान गएको छ ।
आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

















