No Result
View All Result
Thursday, December 11, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

श्रमिकको मासिक पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २४, २०७८
in पत्रपत्रिका, मुख्य समाचार, समाचार, हेडलाइन
0
श्रमिकको मासिक पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा
Share on FacebookShare on Twitter

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ तोकेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ वा दैनिक ५१७ रुपियाँ थियो । योअनुसार श्रमिकको पारिश्रमिक एक हजार ५५० रुपियाँ वृद्धि भएको छ । श्रम ऐनअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई वर्षमा पुनरवलोकन गर्नुपर्छ । सोहीअनुरूप एक वर्ष ढिला गरेर सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

गत वर्ष कोरोनाका कारण श्रमिकको पारिश्रमिक बढाउनेभन्दा पनि रोजगारी कसरी जोगाउने भन्ने अवस्था भएकाले एक वर्ष ढिला गरेर सरकारले श्रमिकको पारिश्रमिक तोकेको हो । नयाँ व्यवस्थाअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार ३८५ रुपियाँ तोकिएको छ भने महँगी भत्ता पाँच हजार ६१५ रुपियाँ गरी कुल १५ हजार रुपियाँ कायम गरिएको छ ।

आगामी साउनदेखि श्रमिकले ३६१ रुपियाँ आधारभूत पारिश्रमिक र २१६ रुपियाँ महँगी भत्ता गरी दैनिक ५७७ रुपियाँ पारिश्रमिक पाउनेछन् । यो पारिश्रमिक न्यूनतम भएकाले योभन्दा बढी जति पनि दिन सकिने व्यवस्था रहेको श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिएको समाचार गोरखापत्रमा छ ।

ShareTweetPin
Previous Post

प्रदेश १ मा थपिए कोरोनाका ७९१ संक्रमित, कहाँ कति ?

Next Post

यी आमाले एकैचोटिमा जन्माइन नौ शिशु, गिनिस बुकमा नाम रेकर्ड

Next Post
यी आमाले एकैचोटिमा जन्माइन नौ शिशु, गिनिस बुकमा नाम रेकर्ड

यी आमाले एकैचोटिमा जन्माइन नौ शिशु, गिनिस बुकमा नाम रेकर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.