काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार अहिलेको अन्योलता चिर्नका लागि विश्वासको मत लिन आवश्यक रहेको बताएका थिए ।
हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तर, अध्यक्ष प्रचण्डले आफूहरुको समर्थन नरहेको बताएका छन् । केही दिन अघि एक टेलिभिजन अन्तर्वातामा सरकारमाथि माओवादीको समर्थन नरहेको बताए ।

















