इटहरी । मोरङ र झापामा भएका छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
मोरंगको ग्रामथान.२ भृकुटी स्थित सडक खण्डमा टिपर र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा ३५ बषीय नरेश माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका ४ स्थित भित्री सडक खण्डमा ट्याक्टर ब्याक गर्ने क्रममा पछाडीको चक्का खाल्डोमा परी ट्याक्टर पल्टदा सह चालक बर्ष २० का संदिप अधिकारीको ज्यान गएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

















