ओखलढुंगा। ओखलढुंगामा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायहरुको पुरिएर मृत्यु भएको छ ।
चम्पादेवि गाँगपालिका–३ सिल्खुबेसीका ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आज दिउँसो परेको बर्षाको कारणबाट पहिरो जादा चम्पादेवि–३ सिल्खुवेसीका हरिप्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मृत्यु भएको हो ।

















