काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क ९कन्ट्याक्ट ट्रेसिङ०मा आएका छन् । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
मंगलबार बिहान ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो भने नेता रिजालले साँझ आफूलाई संक्रमण भएको जानकारी दिएका थिए। रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधनगरेका थिए ।
प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गर्दा समेत प्रधानमन्त्री ओलीले भीड जम्मा गरेका थिए।
सूचना पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो भने सैयौं मानिस जम्मा पारेर धरहराको उद्घाटन गरिएको थियो


















