No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

…अनि किन नबन्ने सचेत ?

खेमराज सापकाेटा by खेमराज सापकाेटा
बैशाख १३, २०७८
in आलेख, समाज, स्वास्थ्य, हेडलाइन
0
…अनि किन नबन्ने सचेत ?
Share on FacebookShare on Twitter

आइतबार मुलुकभर कोरोना भाइरस सङ्क्रमणबाट २८ जनाको ज्यान गयो । सङ्क्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको हो । यसरी हेर्दा आइतबार एक घण्टामै एक भन्दा धेरै सङ्क्रमितको ज्यान गएको सो तथ्याङ्कले देखाउँछ । किनभने त्यो तथ्याङ्क २४ घण्टाको अवधिमा मन्त्रालयले जारी गरेको तथ्याङ्क हो ।

यति मात्र हैन कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको सङ्ख्या उच्च हो । यसअघि गत कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो । स्वास्थ्यका अधिकारीहरूले महामारीले तीव्र रूप लिएको बताउँदै आएका छन् र महामारीलाई राज्यको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने पनि बताउँदै आएका छन् ।

अधिकारीहरूले यसो भन्नू कुनै गैर जिम्मेवार कुरा हैन । तर, यसो भन्दै गर्दा आम नागरिकले गरेको बेवास्ताले चाहिँ महामारीले मुलुकको हालत यो अवस्था पूर्याउँछ भन्ने कुरा कुनै शब्दमा व्यक्त गर्न सकिने अवस्था छैन । छिमेकी मुलुक भारतमा तेज गतिमा भाइरस फैलँदा सीमा नाका हवाई उडान केही पनि रोकिएको छैन । यस्ता कुरामा ध्यान नपूर्याउनु चैँ सरकारको सुस्तता भएको हो ।

गत वर्ष नेपाल भित्रिएको भाइरस भन्दा तेज गतिमा फैलने यो भाइरस एक व्यक्तिबाट ७ ब्यक्तिसम्म सर्ने बताइन्छ । अर्कोतर्फ विकाश भएका खोपले पनि यसलाई पूर्णरुपमा काम गर्ने अवस्था छैन । भारत, युके लगायतका मुलुकमा शक्तिशाली भएर विकाश भएको भाइरसले कस्तो अबस्थ्या ल्याएको छ । भारतीय नागरिकको चित्कार सुनिनसक्नु छ ।

अब्बल स्वास्थ्य प्रणाली भनेर दाबी गर्ने भारत भाइरससमक्ष निरीह जस्तै छ । महामारीले त्यहाँको सरकारलाई घुँडा टेकाएको छ । गत साल चीन र इटालीको भाइरस इन्डिया हुँदै नेपाल आउँदा कमजोर भएर आयो वा नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो महामारी नियन्त्रणमा त्यति गाह्रो भएको थिएन अन्य देश, इटाली, स्पेनको तुलनामा ।

पत्रकार विराट अनुपम लेख्छन्, ‘भाइरस कमजोर हुँदा नि हजारौँको ज्यान गयो, लाखौँमा सङ्क्रमण भयो, अहिले कोभिड–१९ ले इन्डियन भेरियन्ट उत्पादन गरिसकेको छ । त्यो भन्नुको अर्थ भाइरसले भारतीय नयाँ भूगोल र हावापानीमा आफूलाई शक्तिशाली बनाएको छ । नेपाल नि थुप्रै कुरामा भारत जस्तै भएकाले पनि नेपालमा भाइरसलाई आफ्नो तेज बढाउन सहज हुन्छ ।’

त्यसो हुनाले हामी सजक नभए कुनैबेला त्यो बेलाको इटाली, स्पेन र अहिलेको छिमेकी मुलुकको अत्यासलाग्दो दुनियाँमा हुनेछौँ । अहिले नेपालमा देखिएका सङ्क्रमितले नेपाल विश्वकै संक्रमणदर उच्च भएको मुलुकमा पुगिसकेको छ । करिब २.५ गुणाले सङ्क्रमितको सङ्ख्या बढेको छ ।

त्यसैले सरकारले तत्कालै सबै विकासे काम रोकेर भए पनि महामारी नियत्रणमा लाग्नूपर्यो, विदेशमा महामारीको चित्कारमा रहेका नेपालीलाई सुरक्षित साथ ल्याउने, सीमा नाका बन्द गर्ने, वरिष्ठ जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले भनेअनुसार कम्तीमा तीन हप्ता लकडाउन गरेर कसैलाई घर बाहिर निस्कन दिनुभएन । त्यसो हुँदा बिरामी परे घरभित्र भएको व्यक्ति कि अस्पताल जान्छ, कि तीन हप्तामा घरमै निको हुन्छ ।

त्यसपछि आम नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेमा महामारी नियन्त्रणमा आउने छ । नत्र आम नागरिकले अहिलेजस्तै बेवास्ता गर्ने, हाट बजार, स्कुल, सभा सम्मेलन हुने हो भने, महामारीको त्यो अवस्थाले हामीलाई कहाँ पुर्याउछ भन्न सकिन्न ।

ShareTweetPin
Previous Post

सबै परिक्षा स्थगित गर्ने निर्णय

Next Post

ओली सहित ५० जना भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा

Next Post
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

ओली सहित ५० जना भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.