इटहरी । भुभि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाड्ने बताएकी छिन् ।
शुक्रबार सुनसरीको इटहरी ९ मा जारी लगत संकलन कार्यको निरिक्षणका क्रममा मन्त्री तुम्बाहाम्फेले सुकुम्बासीलाई जसरी भए पनि पुर्जा दिलाएरै छाड्ने बताएकी हुन् ।
मन्त्री तुम्बाहाम्फेले सरकारले सुकुम्बासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउँदै सरकार ढल्छ कि ? पूर्जा नपाईएलाकी ? भन्ने आशंका नगरी ढुक्क भएर सहि विवरण भराउन सबैमा आग्रह गरेकी छिन् ।
अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संबिधानमा भएको व्यवस्थालाई टेकेर ऐन बमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गरेकी छिन् । मन्त्री तुम्बाहाम्फेले गलत विवरण नभरी सहि विवरण संकलन गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री तुम्बाहाम्फेले सुकुम्वासीलाई जग्गा दिने भन्दै इटहरीमा रकम असुली गर्ने गरेको बाहिर सुन्न आएकाले त्यस्तो नगर्न र इटहरी उपमहानगरापलिकाले सहि विवरण छ या छैन भन्ने एकिन गरेर मात्र संकलन गर्न गराउन उपमेयर लक्ष्मी गौतमलाई निर्देशन दिईन् ।
स्थानीय तहले जति राम्रो र व्यवस्थित ढंगले काम गर्छन त्यतिनै चाँडो परिणाम आउने मन्त्री तुम्वाहाम्फेको भनाई छ। उनले जनप्रतिनिधीले मतको आशामा नक्कली सुकुमबासी नवानाउन समेत आग्रह गरेकी छिन् ।
सबै ठाउँमा एउटै पार्टिले मात्र नजितेको र अर्को पार्टिले जितेको ठाउँमा जनप्रतिनिधीले यो मेरो मतदाता हो भनेर उसको लगत संकलन गर्ने र यो होईन भनेर लगत संकलन गर्ने गरेको पाइएकाले त्यस्तो नगर्न उनले आग्रह गरेकी छिन् ।
इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बैशाख महिना भित्रमा इटहरीका सबै भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अब्यवस्थित बसोबासीको लगत संकलन गरि सक्ने बताईन् ।


















