रामधुनी । प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरको दर्शनमा रोक लागाइएको छ। ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध धार्मिक स्थल पाथिभरामा कोरोना संक्रमण फैलन सक्ने भन्दै दर्शनमा रोक लागाइएको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लगाउने निर्णय गरेको जनाएको छ ।
पाथिभरा मन्दिर क्षेत्रमा दर्शन गर्ने भक्तजनहरुको संख्या बढे संगै कारोनाको जोखिम पनि उतिकै बढ्ने सम्भावना देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि मन्दिर दर्शनमा रोक लगाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
पाथिभरा मन्दिर दैनिक ३ हजारभन्दा बढी दर्शनार्थीहरुल दर्शन गर्दै आएका थिए।


















