No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत घट्याे

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १०, २०७८
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
चालु आर्थिक वर्षको २ महिनामा रेमिटयान्स ८ प्रतिशतले बढ्यो
Share on FacebookShare on Twitter

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२ करोड छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी अंश ४८ दशमलव २, रिजर्भ ४२ दशमलव ८ र कर्जा अंश ९ दशमलव शून्य प्रतिशत छ । रिजर्भ अंश २७ दशमलव शून्य प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार २०७६ असार मसान्तसम्म नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड लगानी आएको थियो ।

भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ सेवा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको राष्ट्र बैंकमा अध्ययनमा उल्लेख छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० दशमलव ० प्रतिशत वैदेशिक लगानी छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानी क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषण आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु(याउने उद्देश्यले स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशनक्रममा प्रतिवेदन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल ५ सय २२ को नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारेको हो ।

सन् २०१९ मा अघिल्लो सालको तुलनामा विश्वमा वैदेशिक लगानी ३ प्रतिशतले वृद्धि भएको थियो । जसमा एसियाले मात्र कुल विश्वको वैदेशिक लगानीमध्ये ३० दशमलव ८ प्रतिशत वैदेशिक लगानी भित्र्याएको तथ्यांक छ ।

सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउनेमा चीन, सिंगापुर र हङकङ रहेको छ । दक्षिण एसियामा सन् २०१९ मा १० प्रतिशतले वैदेशिक लगानी भित्रिएको छ ।

भारतले मात्र सो वर्ष ५० दशमलव ५५ बिलियन डलरको वैदेशिक लगानी भित्र्याएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा पाकिस्तान र बंगलादेशमा पनि पर्छन् ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी विद्युत्, ग्यास र पानीमा रहेको छ । यो कुल वैदेशिक लगानीको ८१ दशमलव ७ प्रतिशत हुन आउँछ । यो क्षेत्रमा १ खर्ब ६० अर्ब ७२ करोड छ ।

कुल वैदेशिक लगानीको ७ प्रतिशत यातायात भण्डारण र सञ्चारमा रहेको छ । यसमा १३ अर्ब ६८ करोड वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा कुल वैदेशिक लगानीको ३० दशमलव ६ प्रतिशत भारत र चीनको १५ दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै, सेन्ट किट्स र नेभिसको १३ दशमलव ६, आइरल्यान्डको ६ दशमलव ३, सिंगापुरको ४ दशमलव ८ र अस्ट्रेलियको ४ दशमलव २ प्रतिशत रहेको छ । यसैगरी, संयुक्त अरब इमिरेटको ३ दशमलव ७ प्रतिशत, बंगलादेशको २ दशमलव ८ प्रतिशत, दक्षिण कोरियाको २ दशमलव ६ प्रतिशत र अमेरिकाको २ दशमलव ४ प्रतिशत छ ।

नेपालमा आएका वैदेशिक लगानीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा परेको छ । यो प्रदेशमा ६५ दशमलव ५ प्रतिशत लगानी हुँदा सुदूरपश्चिममा शून्य प्रतिशत रहेको छ ।

गण्डकीमा १४ दशमलव २ प्रतिशत, प्रदेश २ मा १० प्रतिशत, प्रदेश १ मा ७ दशमलव ८ प्रतिशत, लुम्बिनीमा २ प्रतिशत र कर्णालीमा शून्य दशमलव ७ प्रतिशत वैदेशिक लगानी रहेको छ ।आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

ShareTweetPin
Previous Post

गम्भीर प्रकृतिका संक्रमित बढे, आईसीयू र भेन्टिलेटर अभाव

Next Post

पशुपति क्षेत्रका सबै मन्दिर आजदेखि बन्द

Next Post
पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्दै

पशुपति क्षेत्रका सबै मन्दिर आजदेखि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.