No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गम्भीर प्रकृतिका संक्रमित बढे, आईसीयू र भेन्टिलेटर अभाव

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १०, २०७८
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
गम्भीर प्रकृतिका संक्रमित बढे, आईसीयू र भेन्टिलेटर अभाव
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् ।

– एकैदिन २ हजार ४ सय २८ मा संक्रमण
– १ सय ७० आईसीयू र ५९ भेन्टिलेटरमा
– संक्रिय सक्रमित १२ हजार ६ सय ९०

गण्डकी प्रदेशमा २ सय ४३ आईसीयू शय्या र ६७ वटा भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र ९० भेन्टिलेटर छन् । कर्णाली प्रदेशमा ३४ आईसीयू शय्या र १२ भेन्टिलेटर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३७ आईसीयू शय्या र २७ भेन्टिलेटर छन् ।

त्यस्तै, देशभर हाल २ सय २९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना आईसीयू, बाग्मती प्रदेशमा ६७ आईसीयू र ४१ भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ आईसीयू र १४ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आईसीयूमा उपचाररत छन् ।

सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना उपचार हुने काठमाडौं उपत्यकाको १२ अस्पतालमा गरी ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा तथा ३ सय ९६ जना आइसोलेसनमा छन् ।

हाल ११ हजार ६ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, बिहीबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर २ लाख ९२ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित निको भइसकेका छन् । देशभर सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० जना पुगेको छ । ८१ क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै व्यक्ति स्वयं सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइमा ध्यान दिन अनुरोध गरिँदै आएको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

ShareTweetPin
Previous Post

मृतक ब्यक्तीको नाममा नक्कली नागरिक्ता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

Next Post

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत घट्याे

Next Post
चालु आर्थिक वर्षको २ महिनामा रेमिटयान्स ८ प्रतिशतले बढ्यो

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.