काठमाडौं। वेब सिरिज ‘ईओजी ९भ्चचयचक या न्यम०’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ ।
संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् । यो वेब सीरीजमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका पचास भन्दा बढी कलाकारहरुले अभिनय गरेका छन् ।
यस सीरीजमा क्राइसिस ज्याक ९कृष्ण० को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

















