No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘२०७७ मा उल्लेख्य विकास’

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २, २०७८
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

file photo

Share on FacebookShare on Twitter
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका छन् ।

उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा ऐतिहासिक सफलता हासिल गरेर सो वर्षलाई निरर्थक हुन नदिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयबाट देशका नाममा सम्बोधन गर्दै काठमाडौंवासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँनयाँ विकासका काम पूरा गरिएको र त्यो क्रम जारी रहेको स्पष्ट पारे । उनले वर्षांैदेखि काठमाडौंवासीको सपनाका रूपमा रहेको मेलम्ची खानेपानीलाई सकार पारिएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि आमनागरिकमा आशा जगाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले विकासको ढोका खोलेर नागरिकमा आशा जगाएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको तर आफूहरूले कहिल्यै कसैलाई धम्की नदिएको तर आमनागरिकसँग कोभिडबाट बच्न आवश्यक अपिल गरिएको बताए ।

नयाँ वर्ष २०७८ मा थालिने योजनाहरू
– किसानका लागि मेरो कित्ता कार्यक्रम
– योद्धाहरूको उत्थानमा लक्षित विशेष कार्यक्रम
– हुम्लाको सिमीकोटलाई सडक सञ्जालसँग जोडिने
–१ सय ६५ स्ट्राटेजिक सडकको निर्माणमा तीव्रता
– ३ सय ९७ अस्पतालको निर्माण कार्यलाई उच्च गति
– सातै प्रदेशका औद्योगिक क्षेत्र निर्माणमा तीव्रता
– तराईका १ लाख ८५ हजार बिघा जमिन सिँचाइ
– टनेल युगमा प्रवेश
– भौतिक निर्माणमा ऐतिहासिक फड्को मारिने

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको समेत जनाए । उनले हालसम्म १८ लाख बढीलाई कोभिडको भ्याक्सिन लगाइएको जानकारी दिए ।

उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरे पनि रोकिएको भन्दै असन्तुष्टि पोखे ।

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको भन्दै उनले एमसीसी मुलुकको हितमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको उल्लेख गर्दै त्यो संसद्मा टेबल गरे पनि निर्णयार्थ प्रस्तुत नभएको भन्दै संविधान नमान्ने जिद्दी गर्ने प्रवृत्ति आफूहरूले झेलिरहेको जनाए ।

ओलीले अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भन्दै गुनासो गरे । एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कार र हत्या गर्नेविरुद्धका अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको उनको भनाइ छ । ‘एसिड आक्रमणविरुद्ध अध्यादेश जरुरी ग¥र्यांै । एसिड आक्रमणविरुद्धको कडा कानुन ल्यायौं, बलात्कार र बलात्कारपछिका हत्याका विरुद्ध कडा कानुन ल्यायौं, अचम्म मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन । संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नैपर्ने अध्यादेश नदिएर अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।

२०७७ मा विकासमा उल्लेख्य सफलता: प्रधानमन्त्री
– देशमा प्रतिगमन होइन विकास र समृद्धि भएको स्पोष्टक्ति
– सकेसम्म लकडाउन नगर्ने भनाइ
– एमसीसीलाई संसद्मा रोकिएको भन्दै असन्तुष्टि
– अध्यादेश प्रतिनिधिसभाकोे बैठकमा टेबुल गर्न नदिएको गुनासो
– १८ लाखलाई खोप

प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताए । अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै उनले अहिले कसैले संविधान नखोसेको र जनताको अधिकार पनि नखोसिएको स्पष्ट पारे ।

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए ।

उपलब्धिको वर्ष:
प्रधानमन्त्री ओलीले कोभिडका बाबजुद पनि २०७७ साल उपलब्धिको वर्ष रहेको बताउँदै बहुप्रतीक्षित मेलम्चीको पानी दशकौंपछिको सपना साकार पार्दै काठमाडौंमा झार्न र काठमाडौंका जनताका धाराधारामा पानी पु¥याएर खुसीयाली बाँड्न सरकार सफल भएको बताए । यस्तै, प्रधानमन्त्रीले पुनर्निर्माणमा अनेकांै काम भएको स्पष्ट पारे ।

ओलीले समग्र आर्थिक वृद्धिदरमा केही प्रतिकूल असर परे पनि ऋणात्मक दिशामा नगएको जनाए । व्यापारघाटा ग्याप कम गर्न सफल भइएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले पृथकतावाद र पृथकतावादी सोच देशबाट अन्त्य गरेर राष्ट्रिय एकतातर्फको एउटा महत्वपूर्ण सफलता हासिल गरेको स्पष्ट पार्दै संविधानको सर्वस्वीकार्यका सन्दर्भमा समेत सफलता हासिल गरिएको बताए । अब देशमा हिंसाको राजनीति अन्त भएको उनले प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले ७० वर्षअघि ठूलो परिवर्तन भएको र मुलुक नयाँ युगमा प्रवेश गरेको बताए ।

‘यस्ता थुप्रै निर्माण कार्य सम्पन्न भएका छन् । हामीले थुप्रै जनतामा आशा जगाउने कामहरू गरेका छौं । कतिपय कोणबाट केही पनि भएन । केही पनि भएको छैन भन्ने हल्ला चलाउने, जनतालाई निराश बनाउने, जनतामा असन्तुष्टि भड्काउने प्रयास भइरहे पनि सरकार त्यसबाट किञ्चित विचल्लित भएन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतामा आशा जगाउने काम र सरकारका क्रियाकलापप्रति भरोसा जगाउने काम र भविष्यप्रति आशा र विश्वास जगाउने काम लगातार गरिएको स्पष्ट पारे ।

भौतिक निर्माणमा उल्लेख्य सफलता:
प्रधानमन्त्री ओलीले भौतिक निर्माणमा उल्लेख्य सफलता हासिल गरिएको र प्रतिदिन साढे पाँच किलोमिटर बाटो बन्ने क्रम जारी रहेको बताए । प्रधानमन्त्रीले एक दिनमा कम्तीमा १२ वटाका दरले आवास तयार भएको जानकारी दिँदै ३० लाख ६० हजारले विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाइरहेको बताए । जनतामा आशा जगाउनुपर्ने आवश्यकता आंैल्याउँदै प्रधानमन्त्रीले आशा जगाउन सकेमा विकास निर्माणका कार्यले पनि गति लिन सक्ने स्पष्ट पारे ।

पुनर्निर्माणमा असाधारण काम:
प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको क्षेत्रमा असाधारण काम गरेको बताए । उनले रानीपोखरी उद्घाटन भइसकेको र अब धरहरा पनि छिट्टै उद्घाटन गरी चालू अवस्थामा ल्याइने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न विभिन्न महत्वपूर्ण कार्यक्रम ल्याइएको बताए । गत वर्ष राजनीतिक हिसाबले होस् वा आर्थिक हिसाबले होस् सफल वर्षका रूपमा रहेको उनले जनाए ।

सामाजिक क्षेत्रमा उल्लेख्य काम:
प्रधानमन्त्री ओलीले गत वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम भएको र एसिड आक्रमणका विरुद्ध कडा कानुन ल्याइएको बताए । यस्तै, बलात्कारविरुद्ध कारबाही गर्न कडा कानुन ल्याइएको तर त्यसलाई विपक्षीले अनावश्यक विरोध गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।आजको राजधानी दैनिकमा खवर छ । 

ShareTweetPin
Previous Post

मतदाता दर्ता देशभर

Next Post

‘ईओजी (Errors of God)’ को पोस्टर सार्वजनिक

Next Post
‘ईओजी (Errors of God)’ को पोस्टर सार्वजनिक

‘ईओजी (Errors of God)’ को पोस्टर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.