रामधुनी । पुर्वकै चर्चित भेडेटार स्थित सागुरीगढि गाउपालिकाको कार्कीछाप नजिक प्राकृतिक सुन्दरताले भरिपूर्ण कार्कीछाप झरना सञ्चालनमा आएको छ ।
स्थानीय होटल ब्यबसायी किरण राई लगायत टिमले बिगत एक बर्षदेखी निर्माण र सम्बर्दन सुरुवात गरेको कार्किछाप झरनाको बैशाख एक गते बाट शुभरम्भ भएको छ । नेपालको तराई क्षेत्र र भारतको बिहारका मानिसहरुको उत्तम गन्तव्य भेडेटार आँफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यो सुन्दरतामा अब कार्कीछाप झरना अर्को आकर्षक गन्तव्य बनेको राईले बताए ।
एक बर्ष देखी निर्माण सुरुभएको झरना स्थानीय स्तरबाट निजी लगानीमा सुरुवात भएपनी स्थानीय सागुरीगढि गाउपालिका बाट दुई लाख आर्थिक सहयोग र ५ लाख बराबरको स्थानीय श्रमदान व्यक्तिगत सहयोग प्राप्त भएको राईले जानकारी दिए ।
स्थानिय स्तरमा पर्यटकिय क्षेत्रको विकास गर्न सरकार लागिपरेको बेला निजी स्रोतबाटनै स्थानिय प्राकृतिक स्रोत साधनलाई सरक्षण र सम्बर्दन गर्नु चुनौती भएपनी भेडेटार नजिकै रहेको कार्किछाप झरना भेडेटारको मात्र नभएर नेपालकै गहना भएको संचालकको दावि छ ।
भेडेटार नजिकै पनि अर्को झरना भएपनी कार्किछाप झरना भेडेटार बाट नजिकै र प्राकृतिक रुपमै फराकिलो , पहिरोको डर नभएको सजिलै पुग्न सकिने भएकाले यो झरना को छुट्टै बिशेषता रहेको राईले बताए ।
योजना अनुसारको सम्पूर्ण काम सम्पन्न नभएपनी नयाँ बर्ष २०७८ बाट सन्चालनमा आएसँगै झरना मा केही बर्ष सम्म कुनै शुल्क नलाग्ने संचालक टिमले जनाएको छ ।


















