इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था इटहरीले सदस्य सेवाकेन्द्र बराहक्षेत्र २ चतरामा कृष्टल गहना बनाउने ७ दिने तालिम उदघाटन गरेको छ।
सहकारी संस्थाले सेयर सद्स्यहरुलाई सिप सिकाएर उद्यमि बनाउने उदेश्यले सबैलाई स्वरोजगार बनाउने बनाउन तालिम सञ्चालन गरेको हो ।
संस्थाले सजिलो र छिटो गर्न सक्ने उर्जा दिने ब्यबसाय गर्न प्रोत्साहित गर्दै तालिम शुरु गरेको संस्थाका अध्यक्ष शालिक राम ढकालले बताए ।
बजार ब्यबस्थापन गर्न गाह्रो नहुने संस्था संग सहकार्य गरेर आफुमा सीप सिकेर क्षमता बिकास गर्नुपर्ने संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले बताए ।
तालिम गर्ने इच्छुक सेयर सदस्यहरुको एक समुहमा २० देखि३० जना हुनु पर्नेछ संख्यात्मक भन्दा गुणात्मकमा बिश्वास गर्दै अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त तालिम दिने उदेश्य सदस्यको चाहाना अनुरुप सीप सिकाउने र स्वरोजगार बनाउन प्रत्येक व्यक्ती सीप युक्त हुनु पर्छ सबै व्यक्क्ती आय आर्जन गर्नु पर्छ भन्न आत्म निर्भर भएर आत्म सम्मानित भएर बाचुन भन्ने उदेश्यले सदस्यको रुपान्तरणले समुदाय देखि राष्ट्रको विकास हुने अध्यक्ष ढकालको भनाइ रहेको छ।
संचालक सदस्य साथै तालिम तथा उपसमिति संयोजक युवराज खत्रीले संचालन गरेको कार्यक्रममा चतरा सदस्य सेवा केन्द्र ब्यबस्थापन उपसमिती सदस्य कृष्ण प्रसाद गुरगाइ ले स्वागत मन्तब्य राख्दै हरेक सदस्यहरुले सिप सिकेर ब्यबहारिक ज्ञान सिपको क्षमता अभिबृद्धि गर्नु पर्ने बताए ।
उदघाटन कार्यक्रममा संस्थाका सचिव थिर बहादुर खड्का ,संचालक सदस्य महेश कुमार रेग्मि लगाएतले सीप सिकेर सहकारिका सबै सेयर सदस्यहरुले व्यावसायिक र स्वरोजगर बन्ने शुभकामना दिएका थिए ।
७ दिने कृष्टलका गहना बनाउने तालिममा प्रशिक्षार्थीहरु संख्या ३६ जना हुने प्रशिक्षक कमला बिश्वकर्माले बताईन।

















