रामधुनी । देशभर पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार सात सय ३५ जना पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट भने कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।


















