No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पत्रकार महासंघ प्रदेश १ मा भण्डारीको उम्मेद्वारीसंगै चुलियो चर्चा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २३, २०७७
in Uncategorized, समाचार, स्थानीय, हेडलाइन
0
पत्रकार महासंघ प्रदेश १ मा भण्डारीको उम्मेद्वारीसंगै चुलियो चर्चा
Share on FacebookShare on Twitter

झापा । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रदेश नम्वर १ मा सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै झापाली पत्रकार सुरेन्द्र भण्डारीको चर्चा चुलिएको छ ।

डेढ दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी झापाका स्थायी वासिन्दा हुन् । उनी अहिले मोफसलबाट प्रकाशित हुने पूर्वाञ्चल राष्ट्रिय दैनिकमा सह सम्पादकको रुपमा कार्यरत छन् भने राष्ट्रिय स्तरका सञ्चार माध्यम राष्ट्रिय समाचार समिति (रासस) र इमेज टेलिभिजनमा कार्यरत छन् ।

नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले ऐकबद्धता जनाएसंगै श्रमजिवि व्यावसायिक पत्रकारहरुको हकहिका लागि भन्दै पत्रकार भण्डारीले प्रदेश १ को सदस्य पदका लागि उम्मेद्वारी दिएका हुन् । उनको उम्मेद्वारी परेसंगै झापा सहित प्रदेश १ मा उनको चर्चा चुलिएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र नागरिकको अधिकार प्राप्तिका लागि आवाज वुलन्द गर्ने, सबै सञ्चार माध्यमको संघ , प्रदेश र स्थानीय तहमा वर्गीकरण,तीन तहकै श्रमजीवी ऐन, तीन तहकै सञ्चार सुविधा, प्रदेश स्तरको प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गराउने भूमिका निर्वाह गर्ने र सञ्चार माध्यमका पक्षम नीति तथा कानून वनाउने पक्षमा दवाद सृजना गर्न आफूले प्रदेश सदस्यमा उम्मेद्वारी दिएको पत्रकार भण्डारीले बताउँदै आएका छन् ।

को हुन् पत्रकार भण्डारी
पत्रकारिताको माध्यमबाट लोकतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्ने एउटा शसक्त नाम हो सुरेन्द्र भण्डारी । झापाको बाह्रदशी गाउँपालिका – ३ स्थायी घर भएका पत्रकार भण्डारी झापाको बिर्तामोडमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । मोफसलदेखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका भण्डारीले राष्ट्रियदेखि स्थानीय स्तरमा गरिदै आएको पत्रकारितालाई नजिकबाट नियालेका छन् ।

झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिकमा सह सम्पादकको भूमिकामा कार्यरत उनले डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा समेत काम गरिरहेका छन् । २०७१ सालबाट राष्ट्रिय समाचार समितिमा प्रवेश गरेका उनी अहिले पनि रासस सहित इमेज टेलिभिजन, पूर्वेली अनलाईका लागि झापाबाट जिल्ला व्यूरोका रुपमा काम गरिरहेका छन् ।

मोफसलबाट पत्रकारिता शुरु गरेका भण्डारी आज पर्यन्त पूर्वाञ्च दैनिकमा आवद्ध छन् । छापा र विद्युतीय माध्यमका लागि खोज मूलक समाचार लेखनमा रुची राखेका भण्डारीले यस अघि कञ्चनजंघा एफएम,रेडियो सनराईज, रेडियो सरगम जस्ता सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन् । पछिल्लो समय रासस सहित पत्रिका र टेलिभिजनमा सक्रिय पत्रकारिता गर्दै आएका भण्डारी श्रमजीवी पत्रकारको पक्षमा वकालत समेत गर्दै आएका छन् ।

मिडिया कर्मचारी युनियन (युनिमी) झापाका अध्यक्ष समेत रहेका भण्डारी यस अघि नेपाल पत्रकार महासंघ झापाको कार्यसमितिमा रहेर काम गरिसकेका छन् भने महासंघको अहिले पनि केन्द्रीय पार्षद हुन् ।
नेपाल प्रेस युनियन झापाको सह सहसचिवको भूमिका निर्वाह गरिसकेका पत्रकार भण्डारी श्रमजीवी पत्रकारको हक हितका लागि श्रमजीवी नेतृत्वले नै बलियो आवाज उठाउन सक्नेमा विश्वस्त छन् ।

२०६२÷०६३ सालमा भएको जनआन्दोलनका क्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले तत्कालीन राजा ज्ञानेन्द्रले गरेको मिडिया बिरोधी गतिविधि बिरुद्ध समेत उत्तिकै सक्रिय भएर पत्रकारितामा आफ्नो भूमिका निर्वाह गरेका थिए ।
समाज रुपान्तरणका लागि पत्रकारिता बलियो आधार हो भन्ने मान्यता राख्ने भण्डारी खोज मूलक पत्रकारितामा बढी रुची राख्छन् । विकृति विसंगति विरुद्ध निडर भएर कलम चलाउने उनले पत्रकारिताको डेढ दशक लामो यात्रामा सयौं सामाजिक कार्यमा समेत सहभागी बनेर नजसाधारणको मन जितेका छन् ।

२०४२ साल मंसीर २१ गते पिता पदम प्रसाद भण्डारी र माता स्व. तारादेवी भण्डारीको पुत्ररत्नका रुपमा जन्मिएका उनले विद्यार्थी अबस्थाबाटै पत्रकारितामा रुची राख्दै यो पेशा अंगालेका हुन् ।

नेपाल मिडिया सर्पोट परियोजना मार्फत २०७० सालमा खोज पत्रकारितामा लेखनवृत्ति पुरस्कार प्राप्त गरेका भण्डारीले शिक्षा क्षेत्रमा कलम चलाएकै कारण नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालयले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार पनि २०७० सालमा नै प्राप्त गरेका थिए । यो संगै जिल्लामा विभिन्न सरकारी,गैर सरकारी कार्यालय सहित दुई दर्जन भन्दा बढी सामाजिक संघ संस्थाबाट समेत सम्मानित र पुरस्कृत भएका छन् भण्डारी ।

पूर्वाञ्चल राष्ट्रिय दैनिक सहित इमेज टेलिभिजनबाट समेत उत्कृष्ठ पत्रकारको रुपमा सम्मानित भइसकेका भण्डारी २०७० सालमा नै रेडियो सनराइजबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गर्न सफल भएका थिए । त्यस्तै सोही रेडियोमा स्थापित स्वर्गीय रवीन शिवाकोटी स्मृति सञ्चार पत्रकारिता पुरस्कार २०७१ प्राप्त गरेका भण्डारीले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापा,इलाका प्रहरी कार्यालय अनारमनीबाट समेत सम्मानित भएका छन् ।

झापा सहित पूर्वमै पत्रकारिताको श्रीवृद्धिमा लागि पर्ने भण्डारी निष्ठाको पत्रकारिता गर्छन् । सरल र मिजासिलो स्वभावका उनी झापा सहित पूर्वमै सवैका प्रिय पात्र छन् ।

 

ShareTweetPin
Previous Post

एकै पटक प्रदेश १, पोखरा र बिरगंजमा मोटरगाडी सेवा, के हाे याे माेटरगाडी ?

Next Post

सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर

Next Post
सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर

सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.