रामधुनी । झुम्का जेसिज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।झुम्का जेसीजका नवनिर्वाचित अध्यक्ष बलराम चौंलागाई र जुनियर जेसीजका प्रनिश सुवेदी (अनिस)लगायत कार्यसमितिका अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।शुक्रबार कल्पवृक्ष पार्टी प्यालेस झुम्कामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा अन्य निर्वाचित पदाधिकारीले आ –अफ्नो पदभार ग्रहण गरेका हुन् ।झुम्का जेसीजको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष बलराम चौलागाईले जेसिजलाई वर्तमान युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै अगाडि बढाउने बताए । उनले यो वर्ष नेपाल जेसीजले युवाहरूलाई आत्मनिर्भर बनाउन र युवाहरूको सम्रग विकासका लागि पनि महत्त्वपूर्ण कदम चाल्ने बताए ।
झुम्का जेसीजकाे कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली, उपाध्यक्ष पदमा तारा भट्टराई, रोहित नेपाल, कमल कुमार साह र किरण चापागाईले पदभार ग्रहण गरेका छन् ।
त्यसैगरी जुनियर जेसीज २०२१ को समितिका कार्यकारीणी उपाध्यक्ष आदित्य खड्का र मिलेनियम निरौला, उपाध्यक्षमा मिकिस ठाकुर, नेहा साह, सुगम झा र शिशिर भट्टराई तथा महासचिवमा छविरमण दाहालले पदभार ग्रहण गरेका छन् ।
एक व्यक्ति एक पद, एक वर्ष कार्यकाल रहने जेसिजको परम्परा अनुसार गत फागुन १ गते झुम्का जेसीज वर्ष २०२१ को निर्वाचन भएको थियो । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरू विभिन्न संघ संस्थाका व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।