मोरङ । शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ ।
मंसिर २३ गते विहान गाँउपालिका १ स्थित आफ्नै घरबाट अपहरण शैलीमा लगेर ५४ वर्षीय शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या भएको थियो । हत्या प्रकरणमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङका इन्चार्जविरुद्ध भने, आजबाट बहस सुरु हुने भएको छ ।
घटनामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर विक एसअघि नै पक्राउ परेका छन् । अदालतमा बेन्चको निर्णय नहुँदा पक्राउ परेका विकसँग अदालतबाट बयान लिने कार्य हुन सकेको थिएन ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले न्यायाधीशहरुको समय निर्क्यौल नहुँदा बेन्चको निर्णय नसकेको बताए ।