इटहरीमा स्वास्थ्य इकाई भवनको शिल्यान्यास

इटहरी । इटहरी उपमहानगरका सवै वडाहरुमा स्वास्थ्य इकाई पुरयाउने उदेश्यले वडा नम्वर १० मा स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विहान स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरे ।

उनले यहि आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिए । निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रष्ट पारे । इटहरीका सवै वडामा स्वास्थ्य सस्था पुरयाउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उनले जानकारी दिए ।

ति मध्ये १० वटा शिल्यान्यास भएर काम सुरु भएको र केहि सम्पन्न हुने अवस्थामा पुगा छन् । वडाध्यक्ष प्रकाश चौधरीले वडाका जनताले वडामै आधारभूत स्वास्थ्य सेवा लिन पाउने अवस्था सृजना भएकोमा खुशि ब्यक्त गरे ।

कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी गराए । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here