इटहरी । इटहरीमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा गत माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो ।इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।
स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइएको छ । हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ ।
यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमका अनुसार सुरुमा सर्भे गर्दा इटहरीमा १८ सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो ।यो स्वास्थ्य शिविरवाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । उहाँहरुको परिचय पत्रका लागि सूचिकृत गरिएको छ । छुटेका ब्यक्तिहरुको परिचय पत्र वनाएर वडा वडा वाट वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् ।
आफनै गाँउ ठाँउमै स्वास्थ परीक्षण गर्न पाउदा अपाङ्गगता भएका ब्यक्तिहरु उत्साहित भएका छन ।