इटहरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा हिजो राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु ज्यान गएको छ । सुसनरीको ईटहरी २ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
धरानबाट ईटहरी तर्फ आउँदै गरेको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
यसैगरी बराहक्षेत्र नगरपालिका १ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका मोरंगको कानेपोखरी गाउँपालिका १ का २६ बर्षीय सनम याख्खाको पनि ज्यान गएको छ ।
चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनकारी दिएको छ ।
उता सप्तरीको खडक नगरपालिका ६ मा सुमो र रोकिएको ट्याक्टर ठोकिदाँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी सुमोमा सवार झापाका २५ वर्षीय छोरा रुपेश लिम्बुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एवं प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।