पहाडी क्षेत्रमा सामान्य बादल, तराईमा खुल्यो हुस्सु !

इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ ।

उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

आजदेखि तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने उहाँले बताउनुभयो । मौसमविद्का अनुसार आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने छ ।

भोलि पनि बेलुकीपख देशका केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।।।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.