खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उदघाटन भएको छ । नेकपाका केन्द्रीय सदस्य बिशाल भट्टराईले इकाई केन्द्रको उदघाटन गरे ।
सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ डुम्रेबोटेमा स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको जन्तेढुंगा गाउँपालिकाले जनाएको छ ।
एक जना अहेव र एक जना अनमीले सो केन्द्रवाट सेवा दिन थालेका छन । व्यवस्था गरेरत्यस इकाई केन्द्रबाट सेवा सुचारु गरिएको जनाईएको छ ।
यसअघि जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटारमा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाघारामा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिसकिएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।