No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जर्नेल यमप्रसाद ढकालले घटना ढाकछोप गरेका हुन् : पिडित कमला बोगटी भट्टराई

फलैचा न्यूज by फलैचा न्यूज
पुस २१, २०७७
in अपराध, समाचार, समाज, स्थानीय, हेडलाइन
0
जर्नेल यमप्रसाद ढकालले घटना ढाकछोप गरेका हुन् : पिडित कमला बोगटी भट्टराई
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ का पर्शुराम भट्टराईको हत्या भएको भन्दै पीडित परिवारले रामधुनी–३ स्थित जालपा पेट्रोल पम्प अगाडि धर्ना दिदैँ प्रदर्शन गरेका छन् ।

सोमबार मृतक भट्टराईको न्यायको माग गर्दै पीडित परिवारका आफन्तले प्रदर्शन गरेका हुन् । मृतक भट्टराईकी श्रीमती कमला बोगटी भट्टराईका अनुसार गत जेठ ५ गते कुटपिट गरी उनको मृत्यु भएको थियो ।

नेपाली सेनाको २ नम्बर बाहिनी हिले धनकुटामा सेनाका मेजर पदमा कार्यरत रहेका उनको मृत्यु नभई हत्या भएको पीडित परिवारले बताउँदै आएका छन् । गत जेठ ५ गते कुटपिट गरी गम्भीर घाईते भएका उनको जेठ १२ गते विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेर गर्न जादाँ समेत प्रहरीले जाहेरी लिन नमानेर घटना ढाकछेप गर्नका लागि सेना र प्रहरी मिलेका छन्, हामीले न्याय पाउनका निम्ति महिनौँदेखि धाएपनि न्याय पाएनौँ । कमलाले भनिन् ।

घटना संकास्पद भएको उल्लेख गर्दै उनले सेनाका तत्कालीन बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिए पनि अनुसन्धान नभएको गुनासो गरेकि छिन् । मृतक भट्टराईको हत्या नै भएको दाबी गर्दै पीडित परिवारले निष्पक्ष छानबिन सहित दोषीलाई कारबाही नगरे सम्म प्रदर्शन गर्न नछाड्ने उनले बताईन् ।No description available.

३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भएर लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको भन्दै परिवारले न्यायको माग गर्दै आएका छन् ।No description available.‘अस्पताल भर्ना गरिएपछि मात्र हामीलाई थाहा भयो, पछि हेर्दा शरीरभरी चोटैचोट थियो,’ कमलाले भनिन् । आफै
मृत्यु भएको भए मेरो श्रीमान्को सरिरका विभिन्न भागमा कसरी चोट लाग्यो निलडाम कसरी आयो भन्दै मृतक श्रीमानको फोटोहरु लिएर आज सडक सम्म न्याय माग्न आउनु परेको उनले बताईन् ।No description available.आफुले आफ्नो श्रीमानको न्यायाका निम्ती सडकमा आउँदा प्रहरीले दमन गरेको आरोप उनले लागएकी छिन् । श्रीमानको हत्या भएसँगै आफ्ना २ सन्तान टुहुरा भएको र बृद्ध बुवाको समेत बिचल्ली भएको उनको भनाई छ ।

No description available.यता इलाका प्रहरी कार्यालय पकलीका प्रमुख कैलाश अधीकारीले भने पिडितले न्याय मग्न पाउँछ तर सडक जाम गर्न भने नपाउने भन्दै आफुहरुले पिडित परिवारलाई कुनै दमन नगरेको र सडकमा शुरक्षा टोली खटाएर दिनभर शुरक्षा दिएको बताए । पिडितले न्याय माग्न पाउँछ हामीले सडकमा अर्को दुर्घटना हुन नदिनका निम्ती उहाँहरुलाई दिनभर शुरक्षा दिएका हौं उने भने ।No description available.मृतक पर्शुराम भट्टराईको दुवै आँखामा निल डाम, दाहिने हात, घुडा लगायत शरीरको विभिन्न भागमा थुप्रै ठाउँमा चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा फेला परेको र परिवारलाई जानकारी नै नगराएको भन्दै पीडितका आफन्तले मृतको न्यायका निम्ती आज सडक सम्म आउन बाध्य भएको बताएका छन् ।No description available.

No description available.

आँफूहरुले न्याय नपाएसम्म जस्तोसुकै आन्दोलन गर्न पछाडि नहट्ने पीडितको भनाई छ । मृतकका बाबू दिलबहादुर भटट्टराईले आफ्नो छोराको मृत्यु नभई हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरका छन् ।No description available.

उनले छोरा पर्शुरामको हत्यामा संलग्न १४ जना रहेको दाबी गर्दै उनीहरुमाथि निष्पक्ष छानबिनको माग गरेका छन् । आफुले हत्या भएको भन्दै निष्पक्ष छानमिनकालगी नाम सहित किटानी जाहेरी दिदा नेपाली सेनाको २ नम्बर बाहिनी हिले धनकुटले घटनाको ढाक छोप गर्न आरोपितहरुलाई शान्ती सेनामा विदेश पठाएको र केहिलाई पठाउने तयारी गरेको बताएका छन् । नामनै तोकेर दिएपछी किन उनिहरुलाई अनुसन्धान गरिएन उने भने ।No description available.

तत्कालीन धनकुटा २ नम्बर बाहिनीका बाहिनीपति यमप्रसाद ढकाल, मेजर राजकुमार बस्नेत, पूर्वसुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्की, जमदार अकलबहादुर घले मगर, हुद्धा शेरबहादुर लिम्बू, हुद्धा गणेश श्रेष्ठ, हुद्धा अमरबहादुर देउजा, अमल्दार योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेशनायक लिला विक, सैनिक जवान आर्मस्ट्रङ्ग कबिरथ र सैनिक जवान दुर्गा बहादुर तामाङमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पीडितको माग रहेको छ ।No description available.

गत जेठ १६ गने परिवारले लाश बुझ्दा तत्कालीन धनकुटा २ नम्बर बाहिनीका बाहिनीपति यमप्रसाद ढकालले मिडियालाई नबोलाउनु मेरो जागिर धरापमा पर्छ । हामी जसरीपनी घटानको विषयमा छानमीन गछौं भनेर लालाई फकाई गर्नुभयो । हामीले मिडियाकर्मीलाई भिडियो खिच्न रोक लगायौं । तर अहिले उहाँ सरुवा भएर काठमाडौं जानुभयो ।No description available.

यदि मेरो श्रीमान्को हत्या नभएको हो भने उहाँले किन त्यतिवेला मिडियालाई रोक लगाउनु भयो ? आफै मृत्यु भएको भए उहाँले त्यतिबेला त्यस्तो भन्नु हुन्न थियो । हत्या नै भएकाले त्यो बेला हामीलाई उहाँले म सहयोग गर्छु भनेर आश्वासन दिनुभयो । यसबाट नै बुझिन्छ मेरो श्रीमान्को हत्या भएको भन्ने कमलाले भनिन्। म मेरो श्रीमान्को न्यायका निम्ती लडिरहन्छु । जब सम्म हत्यारालाई सार्वजनिक गरेर कार्वाही गरिदैन तबसम्म कमलाले भनिन् ।

ShareTweetPin
Previous Post

राजसंस्था र हिन्दु राज्यको माग राख्दै पुष २२ गते इटहरीमा वृहत्त र्याली हुने

Next Post

३० हजार पुग्न लागे प्रदेश १ मा कोरोना संक्रमित, मोरङमा मात्रै १३ हजार बढि

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

३० हजार पुग्न लागे प्रदेश १ मा कोरोना संक्रमित, मोरङमा मात्रै १३ हजार बढि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.