रामधुनी। नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका पत्रकारहरुको लागि गरिएको कोरोना बीमा वापतको रकम निको भएका संक्रमित पत्रकारहरुलाई हरुलाई हस्तान्तरण गरेको छ ।
आइतवार नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत दोश्रो चरणको कोरोना बीमा वापतको रकम ६ जना पत्रकारलाई हस्तान्तरण गरेको हो ।
बीमा कम्पनी र प्रेस युनियन सुनसरीले संयुक्त रुपमा कोरोना बीमा वापतको १ / १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
कोरोना विमा अन्र्तगतको रकम पाउने पत्रकारहरुमा केदार बस्नेत, भोजराज श्रेष्ठ, आशिष यादव, महेश गुरागाइ, बिजय पराजुली र रमेश कुमार राई रहेका छन् ।
बिमा ब्यावस्थापन समितीका संयोजक एबम प्रेस युनियन सुनसरीका पुर्ब अध्यक्ष कृष्ण अधिकारी सहित पुर्ब अध्यक्षहरु गणेश निरौला,पत्रकार महासङ तेह्रथुमका पुर्ब अध्यक्ष महेन्द्र काफ्ले बिमा कम्पनी प्रती युनियनका अध्यक्ष अधिकारी लगायतको उपश्थितीमा संक्रमित पत्रकारहरुलाई रकम हस्तानतरण गरिएको थियो ।
बाँकी रहेका पत्रकारहरुलाई कोरोना बिमाको रकम भुक्तानी पुसको पहिलो हप्ता सम्ममा गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए । कोरोना बीमा रकमले उपचार, खाद्यान्न सहित अब बाँकी रहेको समयमा उत्पादनमूलक कार्यमा लगाउने पीडित पत्रकारहरुले बताएका छन् ।