विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन हुने भएको छ ।
आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएल एम आईएस संवन्धि अभिमुखीकरण शुरु भएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबारदेखी विराटनगरमा शुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए ।तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनले बताए । मन्त्री घिमिरेले भने,‘ कानुनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ । रिपोर्टिङ प्रकृया झन्झटिलो भएकाले सिधै समन्वका लागि सहजीकरणको प्रवन्ध हुँदै गएको उनले बताए । संविधानको भावना र मर्म तीन तहवीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको भन्दै उनले गुनासो गरेका थिए ।
शुक्रबारदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण शुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए । युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु अभिमुखीकरण पछि आपुर्ती व्यवस्थापनमा सहज हुने डा. मेहताले बताए ।