काठामाडौं । भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा खोलिएको छ ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिएको हो ।
दाजुभाइ र दिदीबहिनी नभएकाहरु यहाँ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाले भाइटीकाको अवसर पारेर आज र भोलि दुई दिन मन्दिर खुला रहने जनाएको छ ।
यो वर्ष तिथी घटबढका कारण दुई दिन भाइटीका लगाइने भएकाले आज र भोली मन्दिर खुला हुने हुने भएको हो ।