रामधुनी । आज बडादशैंको छैंटौं दिन कात्यायनी देवीको पुजा अर्चना गरिदै छ । देवताहरुको कार्यसिद्धिका लागि देवी भगवती महर्षी कात्यायनको आश्रममा प्रकट भएकी थिईन् र तिनलाई कात्यायन ले आफ्नी कन्या मानेर पालन(पोषण गरेको हुंदा ती देवीको नाम कात्यायनीझ रहन गएको हो ।
नवरात्रको छैंटौं दिनमा विशेष गरि कात्यायनी नामक देवीको उपासना गरिन्छ । कात्यायनी देवीको आराधना उपासना गर्नाले भक्तजनहरुका सम्पूर्ण सत्कार्यहरु सफल हुन्छन भन्ने धर्मसास्त्रमा उल्लेख छ ।
नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यस बर्ष देवी दुर्गाको प्रतिमा स्थापना गरी पहिलो दिन कात्तिक १ गते घटस्थापना गरिएको थियो । अन्य बर्षमा विभिन्न मन्दीर पिठमा पुजा गर्नेको घुइचो लाग्दथ्यो तर यो बर्ष कोभिड महामारीका कारण यस वर्ष आन्तरिक रुपमा मात्र पूजा आजा गरिएको छ ।