पराजुली सहित ११ जना सुनसरी प्रहरीद्धारा सम्मानीत

रामधुनी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ११ जनालाई सम्मान गरेको छ । प्रहरी दिवसको संदर्भमा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली सहित ११ जना सम्मानीत भएका हुन् ।

पराजुली सहित अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवाका रोहित निरौला, भोक्राहाका रमेश यादव, इनरुवाकै जिनियस निरौला र रामधुनीकी रुमा रिजाल रहेका छन् ।

यसैगरी निर्माण तर्फ सहयोग गरेकोमा परवेज आलम, हाजी इसराइल मन्सुरी, खगेन्द्र श्रेष्ठ, जय प्रकाश शाह, मनोज सिपलिया यादव र एयुव अन्सारी रहेका छन् ।

प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरेका हुन् । सुनसरी प्रहरीका अनुसार असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.