रामधुनी । १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा आज नेपालमा कोरोनाका दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ । अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।