पल र प्रियना ‘मुन्नी’ को प्रेम ‘बैगुनी २’ सार्वजनिक

रामधुनी । नेपाली गीत ‘बैगुनी १’ को सफतापछि ‘बैगुनी २’ सार्वजनिक भएको छ । मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको बैगुनी २ ‘शीतल छायालाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत बदल घिमिरेको रहेको छ ।

 

भिडियोमा पल शाह, प्रियना आचार्य, कमलमणि नेपाल, रामभजन कामत र गीतकार बादल घिमिरेको अभिनय रहेको छ । भिडियोलार्ई दीपक आचार्य काकु ले निर्देशन गरेका हुन् । गीतले चोखो मायामा परिवारले गरेको अवरोध र प्रेमी प्रेमिकाले भोगेका पिडालाई गीतले प्रस्तुत गरेको छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भने विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.