काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।
उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । बुधबार सामान्य टाउको दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनको बिहीबार संक्रमण पुष्टि भएको हो ।
थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह समेत गरेका छन् । यतिवेला थापा होम आइसोलेसनमै बसेका छन् ।