No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिमानाकाबाट तस्करी, प्रहरी मौन

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३०, २०७७
in समाचार, स्थानीय, हेडलाइन
0
सिमानाकाबाट तस्करी, प्रहरी मौन
Share on FacebookShare on Twitter

इनरुवा । कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका छन् ।

विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको छ । विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।

नेपालबाट विशेष गरी हरियो र सेतो मटर, कालो मरिच,सुपारी, फेरन लवली, घरेलु जाड रक्सी, मदिरा लगायत ठुलो मात्रामा सुनसरीको भुटाहा बस्मतिया, घुस्की घुरणा, कप्तानगंज फुलकाहा, सिमानाकाबाट तस्करी गरेर भारत लैजाने गरेको छ ।

भारतबाट ठूलो परिमाणमा सुर्ती,लत्ताकपडा विभिन्न किसिमका किराना खाद्यान्न, दशै तिहार नजिकै गर्दा पटका प्याज लसुन आदि नेपालतर्फ दैनिक ५ लाख भन्दा वढीको ल्याउने काममा सीमावर्ति सडक र नाकाहरु प्रयोग भइरहेका छन् ।

सुनसरी जिल्लाको दक्षिणी सिमानाकाबाट दैनिक विगत एक महिनादेखि हजारौं मेट्रिक टन मटर भारततर्फ तस्करी गरेर लगिएको छ ।

सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा खाद्य मल र अन्य सामान बरामद गरेपनि दैनिक ठुलो मात्रामा मटर , मदिरा भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।

स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् । सुनसरीको शिशुवा , नरसिंह, घुस्की कप्तानगंज र लौकही नाका औपचारिक रुपमा तस्करीमा प्रयोग भएको पाइएको छ ।

शिशुवा धर्मपुरसडक खण्डमा नेपाल प्रहरीको प्रहरी चौकी छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बिओपी) अवस्थित छ । तर, तस्करहरुले सुरक्षाकर्मीको पर्वाह नगरी दिनहुँ दजर्नौं गाडीमा मोटर, सुर्ती र लत्ताकपडा लगायतका सामान तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ ।

घुस्की ६ का स्थानीयबासी जावेद आलमले विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताए ।

दिसो साईकल र मोटरसाईकमा ‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौं ट्रयाक्टर , पिकव , अटो लाइन लाग्छन् र ओसार्न थाल्छन्,’ आलमले भने ‘रातभरी ट्रयाक्टरको आवाजले गाउँलेहरु सुत्न सक्दैनन् ।

तस्करहरुको मुख्य केन्द्र भुटाहा, हरिनगरा, घुस्की, देवानगंज र कप्तानगंज बजार रहेको छ । नेपालबाट भारत लाने घरेलु जाडरक्सी, मदिरा,मटर, सुपारी,कालो मरिच, दाल र फेरन लवली यही बजारहरुबाट लिएर भारत लाने गरेको एक व्यापारीले बताए ।

तस्करहरुले भारतबाट ल्याउने सुर्ती,लत्ताकपडा, विभिन्न खाद्यान्न किराना सरसमान र पटका यही बजारमा र तस्करहरुले आ(आफ्नो घरमा भण्डार गरि सुनसरीको इनरुवा ,झुम्का, इटहरी, दुहबी र धरान समेतको शहर बजारमा पुर्याउने गरेका छन् ।

उनीहरु रातिको समयमा मुख्य सडक भुटाहा देखि इनरुवा हुँदै विभिन्न बजारहरुमा तस्करको समान पुर्याउने गरेको समान पुर्याउने एक लेवरले आफ्नो नाम नउलेख गर्न सर्तमा बताएका छन् ।

Tags: नेपाल–भारत सीमासडकहरु तस्करीका लागि प्रयोगसिमानाकाबाट तस्करी
ShareTweetPin
Previous Post

कमल थापालाई कोरोना पुष्टि

Next Post

चितवनले लाइडर गन मार्फत सवारीसाधनको गति जाँच शुरु

Next Post
चितवनले लाइडर गन मार्फत सवारीसाधनको गति जाँच शुरु

चितवनले लाइडर गन मार्फत सवारीसाधनको गति जाँच शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.