धनकुटामा बलात्कारको प्रयास गर्ने पुरुषकोे हत्या

धनकुटा । धनकुटाकी एक महिलाले आफुलाई बलात्कार गर्न खोज्ने पुरुषलाई खुकुरी प्रहार गरि हत्या गरेकी छिन् ।

महालक्ष्मी नगरपालिका १ कि ३० वर्षकी कमला गुरुङ्ले आफुलाई बलात्कार गर्न आएका सोही स्थानका लिल वहादुर गुरुङ्लाई प्रतिकार स्वरुप खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

लिल वहादुरले बलात्का गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्रहार गर्दा लिल वहादुरको मृत्यु भएकोे जिल्ला प्रहरी धनकुटाले जनाएको छ ।

 

करिब डेड वर्ष अघि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएपछि आफ्नो छोरा सँग घरमा वस्दै आएकी ती महिला माथि मंगलवार बलात्कारको प्रयास भएको थियो ।

रातको समयमा लिलवहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर भित्रबाट ढोका नखोले पछि जवरजस्ती ढोका खोलि आफुलाई बलात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई वयान दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

 

आफुले जोगिनका लागि केहि खोज्दा खुकुरी भेटेर हानेपछि लिलवहादुर भागेको महिलाले बताएकी छिन । लिल वहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर वसेको र रातीको घटनापछि के भएछ भनेर बुधबार विहान आफन्त सँग खोजी गर्दा लिलवहादुरको शव खोल्सिमा फेला परेको बताइएको छ ।

मृतकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी अधिकारीले बताए । घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको अधिकारीले बताए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.