रामधुनी । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देसभर १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएमा ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले जानकारी दिए । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।
Самые лучшие сигналы на IPO в 2021 году только на канале https://t.me/investtimepro. Подписывайся и не пропусти свою лучшую сделку!