धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको पात्ले खोला नजिक बस र्घटना

धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको पात्ले खोला नजिक आज दिउँसो बस अनियन्त्रित दुर्घटना भएको छ ।
तेह्रथुमबाट धरानतर्फ जाँदै गरको ना.६ ख १९७८ नम्वरको बस करीब दिउँसो २ बजेको समायमा अनियन्त्रित भई पात्लेखोला नजिक दुर्घटना भएको हो । बसमा ८ जना यात्रु सबार रहेका थिए ।

बस पल्टिदा धरान ७ का ४५ बर्षिय सन्देश मोहन चालिसे घाइते भएका छन् । उनलाइ उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र बाँकी यत्रु सकुसल रहेकाे धनकुटा प्रहरी प्रमुख गोविन्द अधिकारीले जनाकारी दिए ।

बस ओरालो बाटो भएका कारण ब्रेकफेल भइ अनियन्त्रित भइ दुर्घटना भएको अनुमान रहेको धनकुटा ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.