सुनको भाउ ओरोलो लाग्ने क्रम जारी

सुनको भाउ ओरोलो लाग्ने क्रम जारी रहेको छ। असोज १६ गते, शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको अथार्त बिहीबारकै मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । शुक्रबार सो बजारमा सुन प्रति अउन्स एक हजार ९०५ डलरमा कारोबार भइरहेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.