एजेन्सी । राष्ट्रपति ट्रम्पले लगाएको टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध तत्कालका लागि अदालतले रोकेको छ ।
ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।
कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् ।