रामधुनी । गएको २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेको छ ।
गएको २४ घण्टामा आठ सय ८५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।
हाल नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।