काठमाडौं पछि सबैभन्दा धेरै संक्रमित थपिए मोरङमा 

 

रामधुनी। आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं पछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।
हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.