आईपीएल: कोलकाताद्वरा हैदरावाद पराजित

इन्डियन प्रिमियर लिगको आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी रहँदा सफलतापूर्वक पछ्यायो ।

शुभमन गिल सर्वाधिक ७० रनको योगदान दिए । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै, इयोन मोर्गनले ४२ रन बनाउँदै गिललाई साथ दिए । दुवैले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।
लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने राम्रो रहेन। ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए भने कप्तान दिनेश कार्तिकले खाता खोल्न सकेनन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ५१ रन बनाए । उनको यो १६ औँ अर्धशतक थियो । त्यस्तै कप्तान डेविड वार्नरले ३६ र ऋद्धीमान साहाले ३० रन बनाए ।
आइतबार खेल राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाबबीच हुनेछ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.