झापामा लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको अर्जुनधारा १ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ ।

बिशेष सुराकका आधारमा उनिहरुलाइ पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.