धरान । सुनसरीको धरान १४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर ज्यान गएको छ ।
आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन ।
उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।