प्याज कालोबजारी गरेको आरोपमा विराटनगरबाट दुई जना व्यापारी पक्राउ

विराटनगर । प्याजको कालोबजारी गरेको आरोपमा विराटनगरबाट दुई जना व्यापारी पक्राउ परेका छन् ।

भारतले निर्यात बन्द गरेपछि देशभर प्याजको हाहाकार भएको बेला कालोबजारी गरेको भन्दै प्रहरीले २ जना व्यापारीलाई पक्राउ गरेकोे हो ।
पक्रउ पर्नेहरुमा विराटनगर महानगरपालिका–९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनी रहेका छन् ।

उनिहरुको गुद्री बजारमा होलसेल पसल रहेको छ । पक्राउ परेका व्यापारीहरुले प्रति किलो ४७ रुपैयाँमा खरिद गरेर १ सय रुपैयाँका दरले बिक्री गर्दै गरेको पाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार गुप्ताले विजयकुमार योगेस पसल र सहनीले तनिसा ट्रेडर्स पसल सञ्चालन गर्दै आएका छन् । कालोबजारी गरेको सूचना पाएपछि छापा मारेको प्रहरीले दुई जनालाई पक्राउ गरेको डिएसपी राइले बताए ।

पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी राईले बताए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.